नियम १७
प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन
(१) ऐनको दफा १८ को प्रयोजनको लागि वायु, जल, जमिन, प्रकाश वा ध्वनि प्रदुषण नियन्त्रण सम्बन्धी जाँच तथा परीक्षण गर्न विभागमा केन्द्रीयस्तरको प्रयोगशाला स्थापना गरिनेछ ।

(२) उपनियम (१) बमोजिमको. प्रयोगशाला बा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाले वातावरणको संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धमा विभाग वा अन्य निकायबाट परीक्षण गर्न अनुरोध गरिएका वस्तुलाई प्राथमिकता दिई परीक्षण गर्नु पर्नेछ ।

(३) विशेष किसिमको प्रदूषण फैलिएको कारणबाट वातावरणमा प्रतिकूल प्रभाव पर्न गएको देखिएमा विभागले तोकिदिएको अवधिभित्र उपनियम (१) बमोजिमको प्रयोगशाला बा ऐनको दफा १८ को उपदफा (१) बमोजिम तोकिएको प्रयोगशालाले त्यस्तो प्रदूषण सम्बन्धमा जाँच गरी विभाग समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।

(४) कुनै प्रदूषणको सम्बन्धमा नेपालभित्र जाँच गर्ने प्रबिधि नरहेको अवस्थामा मन्त्रालयको अनुमति लिई बिभागले विदेशस्थित प्रयोगशालाबाट त्यस्तो प्रदूषणको जाँच गराउने व्यवस्था मिलाउन सक्नेछ ।